मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु

२० भदौ- रुपन्देही, करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।

बिहीबार बेलुकी करेन्ट लागेर मायादेवी गाउँपालिका- ४ बनकसिया बस्ने ३६ वर्षीय महेन्द्र लोधको मृत्यु भएको हो । आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्