१९ भदौ -काठमाडौं, टिकटकमा हतियार प्रदर्शन गरेका एक जना पक्राउ परेका छन् । मुस्ताङको वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका–१ घर भएका २१ वर्षीय कर्म साङ्पो ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ।
उनी काठमाडौंको स्वयम्भू बस्दै आएका थिए । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले टिकटकमा हर्नेट जस्तो देखिने हतियार प्रदर्शन गरेकोले प्रहरीले पक्राउ गरेको बताएको छ ।
उनले ठमेलको एक होटलको चौथो तलामा सिरकभित्र लुकाएर १९७६ मोडलको टीएम–०७के।के लेखिएको मेड इन हतियार लुकाएर राखेको पाइएको प्रहरीले बताएको छ ।हतियारसहित पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हातहतियार तथा खरखजनाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्