प्रहरीले समात्यो नक्कली कागजात बनाउने तीन जनालाई

१६ भदौ- काठमाडौं, प्रहरीले नक्कली कागजात बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

गोरखाको शहिद लखन गाउँपालिका–४ का ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ का २९ वर्षीय सन्देश गौतम र काभ्रेको रोशी गाउँपालिका–३ घर भएका २१ वर्षीय सविन आले मगर पक्राउ परेका छन् ।

उनीहरूलाई सामाखुसीस्थित टाउनप्लानिङबाट आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । अचल लामिछानेले सञ्चालन गरेको इजी सपमा एसईईको सर्टिफिकेट, पुलिस रिपोर्ट, विभिन्न संस्था र होटलमा काम गरेको अनुभव प्रमाणपत्र आदि नक्कली बनाउने गरेको पाइएको छ ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्