१६ भदौ- काठमाडौं, आज सोमवारको नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। शेयर बजार १२.०३ अंकले बढेर २७६१.८६ पुगेको छ।
आज हिजोको तुलनामा कारोवार रकम घटेर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँको मात्र कारोवार भएको छ। आज ३२६ स्क्रिप्सको १ करोड १४ लाख ४० हजार ८४४ कत्ता सेयर खरिदबिक्री भएको छन ।
कारोबारमा आएकामध्ये १४३ स्टक्सको मूल्य बढ्दा १०६ वटाको घट्यो। दुई स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस्