रोल्पामा विषालु च्याउ खाँदा फेरी एकजनाको मृत्यु

तुलसीपुर, १३ श्राउन ।  रोल्पामा विषालु च्याउ खादा थप एक जनाको मृत्यु भएको छ । मृतयु हुनेमा लुङ्ग्री गाउँपालिका ५ बुझिङ निवासी २६ वर्षिय बिमला विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ । गत असार २६ गते बिषालु च्याउँ खाएर सोही ठाउँका एकै परिवारका २६ बर्षकी बिमला विक, ७ बर्षकी रोशनी विक, २४ बर्षकी दिलमाया विक, ६ बर्षकी आकृती विक र २३ बर्षकी ऋतु विक बिरामी परेका थिए । बिरामी परेकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको थियो ।

 

अवस्था जटिल बनेपछि फेरि थप उपचारको लागि असार ३१ गते लुम्विनी सिटि हस्पिटल वुटवल रुपन्देहीमा गएकामध्ये २६ बर्षिय बिमलाको आज शनिबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक भुसालले बताउनुभयो । बिषालु च्याउँ खाएर विरामी भएका सोही परिवारकै ७ बर्षकी रोशनी विकको श्रावण २ गते उपचारको क्रममा मृत्यु भएको थियो भने यसअघि असार २५ गते बिषालु च्याउँ खाएर बिरामी परेका सोही ठाउँका ३५ वर्षीया भिमा गुरुङ, ११ वर्षको सुशील गुरुङ र ६ वर्षको प्रेम गुरुङको पनी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्