अविरल वर्षाका कारण कञ्चनपुरका ४५ घर डुबानमा

१६ भदो- कञ्चनपुर, आइतबार रातिदेखि अविरल वर्षाका कारण कञ्चनपुरका ४५ घर डुबानमा परेका छन ।

भीमदत्त र दोधारा चाँदनी नगरपालिकाकाु नदीमा आएको बाढीले गदाृ ४५ घर डुबानमा परेको प्रहरीले बताएको छ । दोधारा चाँदनी–८, रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको छ साथै दोधारा चाँदनी–३, पटराखल्लाका १५ घर डुबानमा परेका छन ।

पटराखल्लाका घरपरिवारका ५५ जना, उनीहरूका सरसामान र चौपाया समेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्