विश्वकप क्रिकेट छनोट खेलमा नेपाल र युएई भिड्दै

कार्तिक १७-काठमाडौंमा जारी आइसीसी टी २० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले आज युएईसँग खेल्दै छ ।

आजको सेमिफाइनल विजेता अर्को बर्ष आयोजना हुने टी २० विश्वकप खेल्न पाउने भएकाले नेपाल र युएई दुवैका लागि आजको खेल निकै नै महत्वपूर्ण रहेको छ ।

नेपाल समूह एको उप विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने युएई समूह बीको विजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।

नेपाल र युएईबीचको सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि आमने सामने हुने छन् ।

नेपाल सन् २०१४ पछि पहिलो पटक टी २० विश्वकप खेल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

२०२१ का विश्वकप छनोटमा पनि नेपालको बाधक युएई बनेकाले यस पटक उक्त खेलको बदला लिने सोँचमा नेपाल रहेको छ ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र बहराइनले त्रिवि क्रिकेट मैदानमा खेल्ने छन् ।  नेपाल र युएई अहिलेसम्म ८ पटक टी २०मा भिड्दै दुवैले ४–४ पटक वाजी मारेका छन् ।

प्रतिक्रिया दिनुहोस्