१३ भदौ – रौतहट, २५ किलो गाँजा सहित एक युवकलाई पक्राउ परेका छन।
लालबन्दी नगरपालिका ८ खतिवडा चोकबाट प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका-१४, नारायणखोला कामीटार बस्ने ब्लोनसहित मोटरसाइकल र झोला प्रहरीले नियन्त्रणमा लिएको हो। नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२(०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेपछी प्रहरीले पछ्याउँदै गएको थियो। मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामीटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न प्रहरी सफल भएको र अर्का युवक फरार रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीलाई देखेपछि युवकहरूले फालेको झोला भित्रबाट पाँचवटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको छ। यस विषयमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्