देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १८ जना पक्राउ

१३ भदौ – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी ठूलोथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट सहित  सोही ठाउँ बस्ने ४५ वर्षीय राज कुमार मोक्तानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने मेचीनगर नगरपालिका-१० घर भएका ३५ वर्षीय विशाल विश्‍वकर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहति पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचनपुर कृष्णपुर नगरपालिका-७ बस्ने २० वर्षीय नसिव राना, २७ वर्षीय राजेश राना र १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.४ प १७४५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने ३२ वर्षीय रामजिवन रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-५ बस्ने २५ वर्षीय रबि चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

 

सुनसरी, धरान उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-१ बस्ने ३१ वर्षीय शत्रुधन यादव र सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय कपिलदेव यादव रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को. १ ख ७७८३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० बाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने २९ वर्षीय संगम राई र ३४ वर्षीय नन्द कुमार राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले चाँदीबगरबाट धरानतर्फ आउँदै गरेको को.९ प ६८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित

२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ भोलागौडी बस्ने २५ वर्षीय शिबु परियार र राजापुर नगरपालिका-८ बस्ने १९ वर्षीय बिबेक विश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदे गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-८ सिमथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ इमाडोल टेम्पु पार्क बस्ने पाँचथर घर भएका २० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-८ सिम्थली बस्ने मोरङ घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका-१० बासबारी बस्ने २५ वर्षीय राजेश मल्लिक र सप्तरी हनुमानगर कंकालनी नगरपालिका-९ बस्ने २२ वर्षीय सुरेन्द्र साह रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०५-००२ प १२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित बाग्लुङ जैमिनी नगरपालिका-१ बस्ने २२ वर्षीय मिन बहादुर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९२० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्