१२ भदौ- काठमाडौं, आज शेयर बजार राताम्य भएको छ । शेयर बजार आज ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर बन्द भएको छ।
आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य बढेको छ ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ७८ हजार ३७९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्