१२ भदौ – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-११ घर भएका ४० वर्षीय विद्या सागर चौधरीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ५७ एम्पुल, फेनारगन ५७ एम्पुल र नोर्फिन ५७ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र नोर्फिन ३० एम्पुल सहित काठमाडौं स्वयम्भू बस्ने सप्तरी शम्भूनाथ नगरपालिका-७ घर भएका २८ वर्षीय प्रदिप कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने २५ वर्षीय सुनिल तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ सिमापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित मधुवन नगरपालिका-९ डाँडा बस्ने २५ वर्षीय आशिक तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगी बर्दिया, बढैयाताल गाउँपालिका-७ भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने २३ वर्षीय सरोज कुमार थारू र फत्तेपुर बस्ने २३ वर्षीय रूपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-७ पारिजात टोल बस्ने ४२ वर्षीय लाल बहादुर लिम्बु र ३२ वर्षीय पदम बहादुर अधिकारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले लाल बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय निराजन थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय अजय मेचे र भारत वेष्ट बंगाल दार्जिलिङ उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० वर्षीय कनकन राह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मे.११ प ४२३३ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया दिनुहोस्