भारतलाई आजदेखि अमेरिकाले ५० प्रतिशत कर लगायो

११ भदौ- काठमाडौं, अमेरिकाले भारतबाट आयात हुने अधिकाशं बस्तुमा आजदेखि ५० प्रतिशत कर लागु गरेको छ।

अमेरिकाले भारतीय बस्तु आयातमा २५ प्रतिशत कर लगाउँदै आएकोमा फेरी अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप २५ प्रतिशत अतिरिक्त कर लगाउन सुचना जारी गरेको छ।

 

अमेरिकाले भारतबाट आयात हुने कपडा, गहना, छाला उत्पादन, मेसिनरी, फर्निचर र सामुद्रिक वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउँदै कुल ५० प्रतिशत शुल्क असुल्ने घोषणा गरेको छ।

औषधि, इस्पात, तामा, एल्युमिनियम र यात्रुवाहक सवारी साधनमा भने यो अतिरिक्त शुल्क लागू हुनेछैन। भारतले रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरिरहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कदम चलाएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्