पिकअपको ठक्करबाट बुद्धशान्तिका योगेश श्रेष्ठको मृत्यु

झापा, १३ साउन । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा पिकअपको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ ।

 

आज बिहान मे ५ प २१८० नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा स्कुटर चालक बुद्धशान्ति गाउँपालिका–३ का २४ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्