खैरो हेरोइनसहित धनगढीबाट एक युवक पक्राउ

११ भदौ -कैलाली, धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

 


धनगढी उपमहानगरपालिका–१० जुगेडामा प्रहरीले चेकजाँच गर्ने क्रममा सोही स्थानका २० वर्षीय आकाश रानाको साथबाट ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको हो। उनलाई मंगलवार दिउँसो साढे २ बजे तिर पक्राउ गरिएको थियो ।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्