१० भदौ -धरान, आज अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घटना सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा भएको हो ।
विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट गइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएकोमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।
दुर्घटनामा अटोरिक्सा चालक धरान-१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्