अन्तर्वार्ता समाज

माछा मार्न गएका एक जनाएको नदीमा बगेर मृत्यु

माछा मार्न गएका एक जनाएको नदीमा बगेर मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

१० भदौ-बाजुरा, नदीमा बगेर एक जनाएको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका-२ का अन्दाजी २२ वर्षीय हिमाल महतको नदीमा बगेर मृत्यु भएको हो ।

माछा मार्न गएका महतको बुढीगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको थियो । मृतक महतको शव बगाएको ठाउँबाट करिब तीन किलोमिटर तल बिरेखोला नजिकै फेला परेको हो ।

 

घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…