झापा, १६ जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादर तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
नुवाकोट, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमाम बिदुर नगरपालिका-३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्