९ भदौ- काठमाडौँ, तत्कालीन अवस्थामा इन्दिरा राना मगर कार्यकारी प्रमुख भएको पीए नेपाल नामक गैरसरकारी संस्था अवैध रूपमा बालबालिका ओसारपसारमा संलग्न भएको भएको सूचना आधारमा संस्थाले बाल संगठनबाट जिम्मा लिएका ५ जना बालबालिकालाई अवैध रूपमा ओसारपसार गरेको आरोपमा उपसभामुख इन्दिरा राना मगरमाथी ५ जना बालबालिका गायब गरिएको घटनामा प्रहरीले अध्ययन सुरु गरेको छ।
‘बालबालिका बिक्री गरिएको भन्ने खबर सार्वजनिक भएपछि प्रहरीले पनि आन्तरिक रूपमा अध्ययन र अनुसन्धान अगाडि बढाएको छ, ‘समाचारमा आएजस्तो बालबालिका गायब भएको अवस्था हो भने यो निकै संवेदनशील विषय हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख एआईजी चन्द्र कुँवर खापुङले बताएका छन।
यसमा प्रहरी आफैंले अनुसन्धान गर्छ। बाल संगठनमा ल्याइएका बच्चा पठाइएको भनिएको छ, यो निकै सिरियस विषय हो। यसमा प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ। गलत देखिएमा र प्रमाण भेटिएमा दोषी देखिने जोकोही कानुनी दायरामा आउनेछन्।’उनले भने
२०७२ सालमा बाल संगठनका अधिकारीले अवैधरूपमा बच्चा दिएको आरोपपछि सरकारले २०७७ सालमा छानबिन समिति गठन गरेको थियो। उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो देखाएको हो।
बेलायती नागरिक डोना स्मिथलाई अवैधरूपमा बच्चा दिएको आरोपमा २०७७ सालमा बाल संगठनका एक अधिकारी पक्राउ परेका थिए। यसपछि बालसंगठनबाटै बच्चा हराउने घटना बाहिरिएको थियो। तत्कालीन सरकारले घटनाको छानबिन गर्नका लागि, पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। यस समितिले नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्