झापा कारागारमा झडप पछि आगलागी

कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।

 

झडपकै क्रममा कारागार भित्र आगलागी  पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।

आगो नियन्त्रणमा लिनका लागि दकमलसहित  नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको  घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए ।

कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्