८ भदौ – काठमाडौँ, सुन्दरीजलमा पौडी खेल्ने क्रममा डुबेका एक जना युवक मृत भेटिएका छन् । घटना गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ मा भएको हो ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–११ घर भएर ललितपुर बस्दै आएका २० वर्षीय अभिषेक राईको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी शनिबार साथीहरूसँग पौडी खेल्न गएका बेला डुबेका थिए । सेनाको विपद् व्यवस्थापन गण र प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएका सुरक्षाकर्मीले आइतबार बोक्सिदह नजिकैबाट उनको शव निकालेका हो ।
शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्