आज शेयर बजार घटेको छ

कारोबार अवधिको तीन घण्टासम्म सकारात्मक रहेको नेप्से सोपछिको समयमा भने घट्न थालेको थियो ।

पछिल्ला ८ करोबार दिनदेखि उकालो लागिरहेको नेप्से आज पनि बढ्न थालेपछि अन्तिम समयमा लगानीकर्ताहरु नाफा सुरक्षित गरी बाहिरिएका अनुमान गरिएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक १७.३८ अंक घटेर १९४१.७४ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । आज २७० स्टकको ४७ हजार ६७४ पटकको कारोबारमा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको ७० लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूमध्ये २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो ।

विकास बैंक, वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्