अमेरिका क्यानडा सीमामा बस दुर्घटनामा पाँच जनाको मृत्यु

८ भदौ -काठमाडौं, अमेरिका क्यानडा सीमामा करिब ४० माइल टाढा एउटा पर्यटक बस दुर्घटना भएको छ । नियाग्रा फल्सबाट करिब ४० माइल टाढा भइको उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

 

न्यूयोर्क प्रहरीका अनुसार समूह न्युयोर्क राज्य थ्रुवेमा नियाग्रा फल्सबाट न्यूयोर्क शहर फर्किरहेको बेला गाडीले नियन्त्रण गुमाएको र पल्टिएको बताएको छ।

उक्त समूहमा अधिकांश भारत, चीन र फिलिपिन्सका पर्यटक छन्। न्यूयोर्कका गभर्नर क्याथी होचुलले स्थानीय अधिकारीहरू उद्धार गर्न र संलग्न सबैलाई सहयोग प्रदान गर्न काम गरिरहेको बताएका छन।

 

बफेलोबाट ४८ किलोमिटर पूर्वमा रहेको पेम्ब्रोक शहर नजिकै दुर्घटनास्थलमा एम्बुलेन्स र मेडिकल हेलिकप्टर पठाइएको छ। दुर्घटना हुँदा बसमा सवार ५२ जना एक देखि ७४ वर्ष उमेर समूहका रहेका छन।

प्रतिक्रिया दिनुहोस्