अमेरिकी डलर र श्रीलंकन रुपी सहित मानिसहरु पक्राउ

असार २८- मिति २०८०/०३/२५ गते Vistara Air को उडानद्वारा काठमाण्डौबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका यात्रु अमेरिकी नागरिक KEVIN WESLEY PHILLIPS लाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको चेकजाँच गर्ने क्रममा निजले अमेरिकी डलर ३८,०००।–र श्रीलंकन रुपी २,६९,३५०।- लुकाई छिपाई अबैध रुपमा बाहिरी मुलुक तर्फ लैजान लागेको अवस्थामा फेला पारिएको ।
साथै, मिति २०८०/०३/२६ गते Air India को उडानद्वारा काठमाण्डौबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका यात्रु भारतीय नागरिक SHIVAM KUMAR SAINI लाई सोही स्थानमा चेकजाँच गर्ने क्रममा निजले अमेरिकी डलर ९,०००।– लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको ।
 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्