६ भदौ- गुल्मी, छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमाल शुक्रबार बिहान इस्मा–२ छल्दी खोला किनारमा मृत फेला परेका थिए । स्थानीयले माछा मार्ने बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएपछि हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट खटिएको टोलीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि तम्घास पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्