ग्राहक लुटने २ क्लबबाट २३ जनालाई प्रहरीले पक्राउ गर्यो

५ भदौ- काठमाडौँ, ग्राहकलाई लुटपाट गरेको आरोपमा प्रहरीले गोङ्गबुबाट २३ जनालाई पक्राउ गरेको छ । घटना काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको हो


उनीहरूलाई गोल्डेन बार एण्ड क्लब र क्रिष्टर बार एण्ड क्लबबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा क्रिष्टलबाट पक्राउ पर्नेमा सिता कुमारी थापा, सलिना आले मगर, रोशिका भट्टराई, लक्ष्मी राई, स्मृती लिम्बु, शुसिला मगर, सामराज तामाङ, विनोद रतौली, समिर खड्का, दिल कुमार रसाइली र विराज तामाङ छन् ।

 

साथै गोल्डेन बारबाट पक्राउ पर्नेमा शसिकला खत्री, अनिशा थापा, अञ्जना मुक्तान, सबिना मगर, सुक्रिन्ता मगर, करुणा थापा, सुन्दर तामाङ, राज कुमार तामाङ, राजेन्द्र तामाङ, देवराज तामाङ, अनिल तामाङ र आदित्य लामा छन् ।

गोल्डेन बार एण्ड क्लब नुवाकोट घर भएका पदम सिंह ठकुरीले सञ्चालन गरेका हुन् भने क्रिष्टल बारका सञ्चालक कञ्चनपुरका सुवास सिंह ठकुरी रहेका छन ।


सडकमा हिँडिरहेकाहरूलाई विभिन्न प्रलोभन देखाएर डान्सबारमा लगेपछि सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरूले यात्रुलाई लुट्ने गरेको भन्दै गोङ्गबुका होटल व्यवसाय गर्नेहरूले बुधवार साँझ आक्रमण प्रयास गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्