भारतिय महिला रेसलरद्धारा ओलम्पिक पदकहरू नदीमा बगाउने

भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष ब्रिजभूषण सिंहको विरोधमा प्रदर्शन गरिरहेका भारतिय महिला रेसलर बजरंग पुनिया, विनेश फोगाट र साक्षी मलिकले आफ्ना ओलम्पिक, विश्व च्याम्पियनसिप र अन्य पदकहरू गंगा नदीमा बगाउने भएका छन् ।
सामाजिक सञ्जालमा रेसलर साक्षी मलिकले एक पोस्ट साझा गर्दै आज साझ सवा ६ बजे हरिद्वारस्थित गंगा नदीमा आफ्ना पदकहरू फ्याँक्ने र इन्डिया गेटमा आमरण अनसनमा जाने घोषणा गर्नु भएको छ ।

मे २८ मा उहाँरुहरुलाई दिल्ली पुलिसले जबरजस्ती पक्राउ गरी हिरासतमा राखेको थियो । आइतबार नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा ति रेसलरहरुले ‘महिला सम्मान महापञ्चायत’ आह्वान गरेका थिए, तर प्रहरीले सुरक्षा घेरा तोडेको भन्दी उहाँहरुलाई पक्राउ गरेको थियो । यी रेसलरहरुले महासंघका अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्न माग गर्दै जन्तर मन्तरमा प्रदर्शन गरिरहेका छन् । पदक गंगामा बगाएपछि उहाँहरु इन्डिया गेटमा आमरण अनशनमा बस्ने सामाजिक सञ्जालको उक्त पोष्टमा उल्लेख छ ।

यसै वर्षको जनवरीमा भारतका शीर्ष रेसलरहरुले कुश्ती संघका अध्यक्ष बृजभूषण सिंहमाथि यौन उत्पीडनको आरोप लगाउँदै पदबाट हटाउन माग गरेका थिए । रेसलरहरुको मागमा बृजभूषणविरुद्ध छानबिन समिति गठन गरिएको थियो । अप्रिलमा छानबिन समितिको प्रतिवेदन आए पनि बृजभूषणविरुद्ध कुनै कारबाही हुन सकेन । त्यस यता रेसलरहरु धर्नामा बसेका छन् । बृजभूषणविरुद्ध एफआइआर दर्ता भए पनि उहाँलाई पक्राउ गरिएको छैन । बृजभूषण सिंह सुरुदेखि नै आफूलाई निर्दोष भन्दै आउनु भएको छ । उहाँविरुद्ध दुईवटा एफआइआर दर्ता भएका छन् र अनुसन्धान भइरहेको छ । रेसलरहरुलाई त्यहाँका अधिकाङस राजनीतिक दल, र संघ सस्थाले समर्थन गरिरहेका छन् भने बृजभूषणलाई भारत सरकारको नेतृत्व गरिरहेको भारतिय जनता पार्टी भाजपाले संरक्षण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्