५ भदौ- रौतहट, यमुनामाई गाउँपालिका-५ फतुवा बस्ने २२ वर्षीय साहबुदिन मियाको हत्या गरेको अभियोगमा गौर नगरपालिका-३ बस्ने २० वर्षीय सोनु भन्ने सनोज रामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका-५ स्थित बाँसघारीमा सनोजले चक्कु प्रहार गर्दा साहबुदिन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका साहबुदिनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्