दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

तुलसीपुर, ८ साउन । दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका ७ मामाघरमा आएका १६ वर्षिय मनोज वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

 

वलीलाई गराइच नामक सर्पले घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान १ बजेतिर टोकेको थियो । उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको भएपनि वली उपचारको क्रममा सोमबार बिहान ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्