आर्मी कलेजमा छात्रवृत्तिको प्रलोभन देखाई ठगि गर्ने पक्राउ

५ भदौ – काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका २७ वर्षीय सन्जिव राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

NEPALESE ARMY INSTUTE OF HEALTH SCIENCES (NAIHS) मा हेल्थ एसिस्टेन्ट विषयमा अध्ययन गर्नको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाली दिने विश्वास दिलाई पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो ।

 

उनलाई ठगी सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्