दाङमा कुलोमा बगेर एक बालकको मृत्यु

श्रावन ३२-दाङ, दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो ।

मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्