५ भदौ मकवानपुर, मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
मकवानपुरगढी गाउँपालिका ३ स्थित फुट्सल चोकमा मंगलबार बिहान भएको दुर्घटनामा ९२ वर्षीया नन्दकुमारी न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ।
मक्राञ्चुलीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेकी पैदलयात्री न्यौपानेलाई बिहान करिब ९ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई मोटरसाइकल चालक र आफन्तले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए। थप उपचारका लागि सहकारी अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार साँझ ७ः५० बजे डाक्टरले उनलाई मृत घोषणा गरेको थिए ।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक मकवानपुरगढी(३, मक्राञ्चुली निवासी २४ वर्षीय सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ
प्रतिक्रिया दिनुहोस्