लागातार घटेको सुन र चाँदीको मूल्य आज बढ्यो

५ भदौ- काठमाडौं, आज बिहीवार नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज १३ सयले बढेको हो ।

हिजो बुधवार सुन तोलामा १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बिहीवार चाँदी २ हजार २ सय ९० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बुधवारको तुलना भन्दा ३५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्