४ भदौ- रौतहट, गौरमा बुधबार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ।
गौर नगरपालिका-५ स्थित बरहवा तालको झुलुङ्गे पुल नजिक करिब १९ २० वर्षका देखिने एक युवकको हत्या भएको हो। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मृतकको पेट र छातीमा गहिरो चक्कु प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका–३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। नन्दु महराका छोरा रामलाई चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा पक्राउ उनलाई गरिएको हो।
यस घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्