युवा वैज्ञानिकका रुपमा चर्चित एक युवा बलात्कारको आरोपमा पक्राउ

दाङमा युवा वैज्ञानिकका रुपमा चर्चित एक युवा बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

 

घोराही–१६ कपासीका मार्शल रोकालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका एक महिलाले रोकालाई दिएको उजुरीका आधारमा पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।

रोका पेट्रोलबिना सल्लाको खोटोबाट मोटरसाइकल चलाउने, अटोमेटिक स्यानिटाइजर टनेल बनाई युवा वैज्ञानिकका रुपमा चर्चित हुँदै आएका थिए।  रोकालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ   ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्