आज सुन र चाँदीको मूल्य ओरालो लागेको छ

४ भदौ -काठमाडौं, आज बुधवार नेपाली बजारमा सुन र चाँदीको मुल्य ह्वातै घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज १६ सयले घटेको हो ।

हिजो मंगलवार सुन तोलामा १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बुधवार चाँदी २ हजार २ सय ५५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो मंगलवारको तुलना भन्दा ४५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्