३ भदौ – डडेल्धुरा, सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र युवाहरु लागूऔषध सेवन गर्दै थिए ।
गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बेलुकी चेकजाँच गर्दा पसल सञ्चालक नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिजापति र त्यही ठाउँका २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
उनिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको छ।
प्रतिक्रिया दिनुहोस्