खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

२ भदौ -लमजुङ, दोर्दी खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।

 

लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए । अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्