ट्याक्टरबाट खसेर दाङमा एक बालकको मृत्यु

ट्याक्टरबाट खसेर दाङमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १४ निवासी १४ वर्षिय बिनोद चौधरी रहेको छन, सो घटना बारे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिदै ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।

तुलसीपुर १४ गोठ्वाबाट ग्वारखोलातर्फ जादै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट गोठ्वा नजिकै आज बिहान साढे ११ बजेको समयमा चौधरी खसेको प्रहरीले जनाएको छ । ट्याक्टरलाई नियन्त्रणमा लिएको र घटनापछि फरार भएका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्