बाकसभित्र बालक मृत भेटिए

२ भदौ – स्याङ्जा, एक बालक बाकसभित्र मृत अवस्थामा भेटिएका छन्। घटना वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङको हो ।

तेह्र वर्षीय निशान थापा आफ्नै घरको बाकसमा मृत भेटिएका हुन। आइतबार परीक्षा सकेर उनी घर फर्किएका थिए। घरमा उनकी बहिनी मात्रै थिइन्। उनकी आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा भेटिनन्। खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र निशानको शव फेला परेको थियो। निशान सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा पढ्दै थिए।

घटनाबारे जानकारी पाउनासाथ आइतबार राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ राखिएको छ।

विशेषज्ञबाट पोष्टमार्टम गर्नुपर्ने जनाउँदै शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ रहेको छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ। अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्