१ भदौ- युएई, विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको संयुक्त अरब इमिरेट्स (युएई) ले कैद सजाय मिनाहा गर्ने भएको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ ।
नेपालीहरूको कैद सजाय मिनाहा गरिएकोमा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्