३० साउन- नेपालगञ्ज, नेपालगञ्जको बसपार्कमा आज खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
सुरुवातमा दुई जनालाई मात्र नियन्त्रणमा लिन खोजिएको थियो। तर घटनास्थलमा चार जना भेटिएका कारण दुई जनालाई पक्राउ गरेपछि बाँकी दुईजनाले ढुङ्गामुढा गर्दै भाग्न प्रयास गरेका बाध्य भएर दुई राउण्ड गोली चलाउनु परेको प्रहरीले बताएको छ ।
प्रहरीले नेपालगञ्ज-५ का २२ वर्षीय अमन साह, सोही ठाउँका २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्तिक कुमारलाई पक्राउ गरेको छ ।
गोली कार्तिकको दायाँ खुट्टामा लागेको छ। घटनामा लागुऔषध कारोवारीले प्रहार गरेको इँटाले एक प्रहरी घाइते भएका छन्। घाइते प्रहरीलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्