सुँगुर चोर्ने र किन्ने दुई जना पक्राउ

३० साउन- उदयपुर,  सुँगुर चोर्ने र चोरेको सुँगुर किन्ने दुई जना पक्राउ परेका छन ।

त्रियुगा नगरपालिका २ मोथियाहीस्थित एक फार्मबाट सुँगुर चोरेको आरोपमा सोही ठाउँका ५२ वर्षीय बौवा खड्का र किन्ने २८ वर्षीय अमित चौधरी पक्राउ परेका छन ।

 

मोथियाहीस्थित खेमराज श्रेष्ठको नाममा दर्ता रहेको ुउग्रतारा कृषि पशु फार्मु बाट सुँगुर चोरीमा संलग्न खड्का केही दिनअघि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीमाथि अनुसन्धान गर्दा चोरीको सुँगुर किनेको पाइएपछि सोही वडाको मिलन चोक बस्ने चौधरीलाई पनि नियन्त्रणमा लिइएको हो ।

सुँगुर र बङ्गुर पालन गर्दै आएको फार्मबाट पटक पटक सुँगुर हराउने गरेको थियो । मगरका अनुसार फार्मबाट हालसम्म २७ वटा सुँगुर हराइसकेका छन् । कहिले ४ वटा, कहिले ३ र कहिले एउटा, दुई वटा गरी पटक पटक सुँगुर हराउने गरेपछि मगरले प्रहरी खबर गरेका थिए ।

प्रहरीका अनुसार खड्काले मगरको फार्मबाट सुँगुर चोरी गर्दै सस्तो मूल्यमा बेच्ने गरेको खुलेको छ । चोर्ने र किन्ने दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान र कानुनी कारबाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्