प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले प्रश्नहरूको उत्तर दिदैछन ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिदैछन ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा उनले आर्थिक वर्ष बजेट माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन लागेका हुन । बैठकमा विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तवमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्