हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु, एकजना अस्पतालमै

३० साउन- झापा, जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । घटना झापाको दमक नगरपालिका–१ को हो ।

 

साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी ४६ वर्षीया सुनिता राई घाइते भएकी थिइन,उनको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

बिहान करिब ४ः१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट घाइते भएका दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो ।

 

घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्