अन्तर्वार्ता

अछाममा भरुवा बन्दुक फेला

अछाममा भरुवा बन्दुक फेला

असार १३-अछाम, अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो।

भरुवा एक थान बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

 

बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…