६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२९ साउन – रोल्पा, ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रोकाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्