२९ साउन -रसुवा, यात्रु बोकेको यात्रुवहाक बस रसुवामा दुर्घटनामा परेको छ ।
आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको हो।
बा ४ ख ८४३५ बस सडकबाट ३० मिटर तल झरेको रसुवा प्रहरीले जनाएको छ। उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन भने १ जना सामान्य घाइते भएका छन । घाइते हुने १२ जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा लगिएको छ।
बसमा कति थिए भन्ने यकिन भएको छैन। अन्य केहीको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्