गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट

असोज ६-सिमकोट, गमगढी बजारमा गए राति आगलागी भएको छ। मुगुको सदरमुकाम गमगढी बजारको कालीकामालिका मन्दिरको पश्चिमी क्षेत्रमा आगालागी हुँदा आठ घर जलेर नष्ट भएका छन्।

तार्के लामा, सोनाम लामा, जङ्गबहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही र पद्मराज मल्लको घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएकाे छ।

स्थानीय चुम्म बुढाका अनुसार आगलागीबाट करोडौंको क्षति हुनसक्ने अनुमान गरिएको छ।

आगो के कसरी लाग्यो हो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन।

क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर थापाले जानकारी दिए।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिइएकाे थियाे।

विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हँुदा १९ घर जलेर नष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस्