एक महिलाको शव फेला

२९ साउन- कञ्चनपुर, एक महिलाको शव फेला परेको छ।

बेलौरी नगरपालिका– ७ र ८ को सीमानमा पने खप्टीनाला नजिक बिहिवार बिहान महिला मृत भेटिएकी छन।

 


मृत भेटिएकी महिला बेलौरी नगरपालिका–८ की ४२ वर्षिया बिन्दु चौधरी रहेकी प्रहरीले जनाएको छ। उनी केही समयदेखि अस्वस्थ रहेकी प्रहरीले बताएको छ। उनी आफै–आफै बोल्ने गर्थिन। यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपुको घरमा झारफुकका लागि एक साता अघि पठाएका थिए।

उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिईन। बेलौरीमा ओर्लिएपछि उनी सम्पर्क विहीन भएकी थिइन। त्यसपछि परिवारले आफै सोधीखोजी गर्दा आज बिहान उनलाई मृत फेला पारेको प्रहरीले बताएको छ।


हाल उनको शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्