सिमानामा ४८ लाख सहित एक जना समातिए

कपिलवस्तु प्रहरीले  कपिलवस्तु नगरपालिका-१ नयाँटोलबाट १४ लाख ९८ हजार भारतीय रुपैयाँ तथा २३ लाख नेपाली रुपैयाँ गरी कूल ४८ लाख सहित स्थानीय सुनिल गुप्तालाई पक्राउ गरेको छ ।

 

श्रोतका अनुसार उक्त रकम स्थानीय एक सुन ब्यापारीको रहेको र सुन तस्करीका लागि प्रयोग गर्ने तयारी हुँदै गर्दा सुनिललाई बिशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।खुला सिमानाको फाइदा उठाउँदै कपिलवस्तुबाट भारततर्फ सुन तस्करी हुँदै आएको छ । त्यही कारण सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा दर रेट्भन्दा सस्तोमा खरिद बिक्री हुने गरेको छ ।

 

कपिलवस्तु प्रहरीले रकमको श्रोत नखुलेको बताएको छ । प्रहरी उपरीक्षक प्रेम बस्नेतले रकमसहित आरोपीलाई थप अनुसन्धानपश्चात् राजस्व अनुसन्धान कार्यलयको जिम्मा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्